यी बंगलादेशी बलरले मचाए आइपीएलमा मच्चाए हंगामा, आरसीबी टोली हल्लियो
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध चेन्नई सुपर किंग्सका तीव्र गति बलर मुस्ताफिजुर रहमानले हंगामा मच्चाएका छन् । सीएसकेका लागि मुस्ताफिजुरले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । आफ्नो पहिलो स्पेलमा मुस्ताफिजुर यति घातक साबित भए कि विराट कोहली र फाफ डु प्लेसिस रन बनाउन सकेनन । पहिलो स्पेलमा मुस्ताफिजुरले दुई ओभरमा ७ रन खर्चेर ४ विकेट लिए ।
यद्यपि, उनले आफ्नो दोस्रो स्पेलमा एक पनि विकेट लिन सकेनन् । तर उनले जुन तरिकाले बलिङ गरे त्यसको डर आरसीबीका खेलाडीहरूको अनुहारमा स्पष्ट देखिन्थ्यो। मुस्तफिजुरले आफ्नो बलिङमा फाफ डु प्लेसिस, विराट कोहली, क्यामरुन ग्रीन र रजत पाटीदारको विकेट लिए ।

टिप्पणी लेख्नुहोस्