आईपीएल–२०२४ : आरसीबीले सीएसकेलाई दियो १ सय ७४ रनको लक्ष्य
काठमाडौंँ । आईपीएल–२०२४ को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले चेन्नई सुपर किंग्स (सीएसके)लाई जितका लागि १ सय ७४ रनको लक्ष्य दिएको छ । चेपौक रंगशालामा टस जितेर ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनायो ।
आरसीबीका लागि अनुज रावतले २५ बलमा ४८ र दिनेश कार्तिकले २६ बलमा ३८ रन बनाए । दुबैले ९५ रनको साझेदारी गरे । यसअघि कप्तान फाफ डु प्लेसिस ३५, विराट कोहली २१ र क्यामरुन ग्रीन १८ रन बनाएर आउट भएका थिए ।
सीएसकेका मुस्ताफिजुर रहमानले ४ विकेट लिए । दीपक चाहरले एक सफलता हात पारे ।

टिप्पणी लेख्नुहोस्