आइपीएल २०२४ : पञ्जाबले टस जितेर पहिले बलिङ गर्दै
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) १७ औं संस्करणको पहिलो डबल हेडर (एकै दिनमा दुई खेल) आज पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच हुँदैछ । मोहालीस्थित महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा पञ्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
यस खेलमार्फत ऋषभ पन्तले क्रिकेटमा पुनरागमन गरेका छन् । पन्त गत ३० डिसेम्बर महिनामा कार दुर्घटनामा परी घाइते भएका थिए । त्यसयता उनले राष्ट्रिय टोलीबाट र आईपीएल खेल्न पाएका थिएनन । उनले आज दिल्लीको कप्तानी गरिरहेका छन् ।

टिप्पणी लेख्नुहोस्