लेख विवरण

आइपीएल : डीसीले पीबीकेएसलाई १ सय ७५ रनको लक्ष्य दियो, अभिषेकले बनाए १० बलमा ३२ रन

आइपीएल : डीसीले पीबीकेएसलाई १ सय ७५ रनको लक्ष्य दियो, अभिषेकले बनाए १० बलमा ३२ रन

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई जितका लागि १ सय ७५ रनको लक्ष्य दिएको छ । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७४ रन बनायो ।

मोहालीको महाराजा यादवेन्द्र सिंह स्टेडियममा दिल्लीका लागि शुई होपले २५ बलमा ३३ रन बनाए भने डेभिड वार्नरले २१ बलमा २१ रन बनाए । कार दुर्घटनापछि फर्किएका कप्तान ऋषभ पन्तले १३ बलमा १८ रनको योगदान दिए । बलिङतर्फ पञ्जाबका हर्षल पटेल र अर्शदीप सिंहले २–२ विकेट लिए ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.