आइपीएल २०२४ : पञ्जाबले दिल्लीलाई ४ विकेटले हरायो
काठमाडौंँ । पञ्जाब किंग्सले आइपिएल २०२४ को सुरुवात जितका साथ गरेको छ । शिखर धवनको कप्तानीमा रहेको पीबीकेएसले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको छ ।
मोहालीस्थित महाराजा यादवेन्द्र सिंह स्टेडियममा टस जितेर पञ्जाबले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । जवाफमा पञ्जाबले ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
पञ्जाबका लागि साम करनले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ६३ रन बनाए । यस्तै लियाम लिभिङस्टनले ३८, प्रभसिमरन सिंहले २६ र शिखर धवनले २२ रनको योगदान दिए । बलिङतर्फ दिल्लीका कुलदीप यादव र खलील अहमदले समान २–२ विकेट लिए । इशान्त शर्माले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । दिल्लीका लागि शोई होपले २५ बलमा सर्वाधिक ३३ रन बनाए । अभिषेक पोरेलले १० बलमा ३२ रन बनाए । त्यस्तै डेभिड वार्नरले २१ बलमा २१ रन बनाए । कार दुर्घटनापछि क्रिकेटमा फर्किएका कप्तान ऋषभ पन्तले १३ बलमा १८ रनको योगदान दिए । बलिङतर्फ पञ्जाबका हर्षल पटेल र अर्शदीप सिंहले समान २–२ विकेट लिए । कागिसो रबाडा, हरप्रीत बरार र राहुल चाहरले एक-एक विकेट लिए।

टिप्पणी लेख्नुहोस्