रसेलको विस्फोटक पारीमा कोलकाताले हैदरावादलाई दियो २ सय ९ रनको लक्ष्य
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई जितका लागि २ सय ९ रनको लक्ष्य दिएको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ८ रन बनायो ।
इडेन गार्डेन्स स्टेडियममा कोलकाताका लागि आन्द्रे रसेलले २५ बलमा अविजित ६४ रन बनाए भने फिल साल्टले ४० बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५४ रन बनाए । रमनदीप सिंहले ३५ र रिंकु सिंहले २३ रनको योगदान दिए ।
हैदरावादका लागि टी नटराजनले तीन विकेट लिए । मयंक मार्कण्डेले दुई सफलता हात पारे । प्याट कमिन्सले एक विकेट लिए ।

टिप्पणी लेख्नुहोस्