आइपिएलको पहिलो खेलमा सीएसके विजयी, आरसीबीलाई ६ विकेटले हरायो
काठमाडौंँ । रुतुराज गायकवाडको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स (सीएसके)ले आइपिएल २०२४ को पहिलो खेलमा जित हात पारेको छ । टोलीले घरेलु मैदानमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई ६ विकेटले पराजित गरेको हो ।
चेपक मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । लक्ष्य पछ्याएको चेन्नईले १८.४ ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनायो । टोलीका लागि शिवम दुबे र रविन्द्र जडेजाले ३७ बलमा अविजित ६६ रनको साझेदारी गरे ।
यसअघि डेरिल मिचेल २२, अजिंक्य रहाणे २७, रचिन रविन्द्र ३७ र कप्तान रुतुराज गायकवाडले १५ रन बनाए ।
पहिले ब्याटिङ गरेको आरसीबीका लागि अनुज रावतले २५ बलमा ४८ र दिनेश कार्तिकले २६ बलमा ३८ रन बनाए । दुबैले ९५ रनको साझेदारी गरे । कप्तान फाफ डु प्लेसिस ३५, विराट कोहली २१ र क्यामरुन ग्रीन १८ रन बनाएर आउट भएका थिए ।
सीएसकेका मुस्ताफिजुर रहमानले ४ विकेट लिए । दीपक चाहरले एक सफलता हात पारे ।

टिप्पणी लेख्नुहोस्