लेख विवरण

भरतपुर च्याम्पियनसिपको उपाधि २८ बिघालाई

भरतपुर च्याम्पियनसिपको उपाधि २८ बिघालाई

भरतपुर । प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको उपाधि २८ बिघाले जितेको छ । शनीवार सम्पन्न फाइनल खेलमा आबुखैरेनीलाई हराउँदै २८ बिघाले उपाधि चुमेको हो । फाइनल खेलमा २८ बिघाले आबुखैरेनीलाई २–० गोलले हरायो ।

२८ बिगाको जितमा सृजन क्षेत्री र लक्षु थापाले गोल गरे । खेलको ५३औँ मिनेटमा २८ बिघाले सृजनको गोलमा अग्रता लिएको थियो । खेलको ७७औँ मिनेटमा आबुखैरेनी नौ खेलाडीमा सीमित भयो । देव गुरुङले दोहोरो पहेँलो कार्ड पाए भने सौगातप्रताप गुरुङले रातो कार्ड पाए । २८ बिघा पनि १० खेलाडीमा सीमित भयो । उसका सुजित बुढाथोकीले रातो कार्ड पाए ।

आबुखैरेनी नौ खेलाडीमा सीमित भएको फाइदा उठाउँदै २८ बिघाले गोल थप्यो । खेलको अतिरिक्त समयमा सृजनको एसिस्टमा लक्षुले गोल गरेपछि २८ बिघा दुई–शून्यले विजयी हुँदै च्याम्पियन बन्यो ।

एक गोल र एउटा गोलका लागि एसिस्ट गरेका सृजन प्लेयर अफ दी म्याच भए । विजेता २८ बिघाले रु तीन लाख तीन हजार प्राप्त गरेको छ । उपविजेता आबुखैरेनीले रु एक लाख ५० हजार प्राप्त ग¥यो ।

आबुखैरेनीका आकाश थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । २८ बिघाका रञ्जित चौधरी उत्कृष्ट डिफेन्डर तथा सोही क्लबका गोलकिपर वीरेन्द्र सारुमगर उत्कृष्ट गोलकिपर बने । उनीहरूले जनही रु पाँच–पाँच हजार र चौकीडाँँडाबाट प्याराग्लाइडिङको अवसर प्राप्त गरेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चितवन ११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टोली सहभागी थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.