लेख विवरण

आइपिएल : गुजरातले मुम्बईलाई दियो १ सय ६९ रनको लक्ष्य

आइपिएल : गुजरातले मुम्बईलाई दियो १ सय ६९ रनको लक्ष्य

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को पाँचौ खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा मुम्बई इन्डियन्सले टस जितेर फिल्डिङ रोजेको हो । गुजरातका लागि साई सुदर्शनले ४५ र कप्तान शुभमन गिलले ३१ रनको योगदान दिए । बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिए । जेराल्ड कुट्जीले २ विकेट लिए । एक विकेट पीयूष चावलाको खातामा आयो ।

आज भएको पहिलो खेलमा राजस्थान रोयल्स विजयी भएको थियो । जयपुरमा भएको खेलमा टोलीले लखनउ सुपरजाइन्ट्सलाई २० रनले पराजित गरेको हो

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.