लेख विवरण

आइपिएलमा आन्द्रेले प्रहार गरे २ सय छक्का

आइपिएलमा आन्द्रेले प्रहार गरे २ सय छक्का

काठमाडौँ । आईपीएल २०२४ मा शनिबार पहिलो डबल हेडर खेलिएको थियो । पहिलो खेलमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको थियो । यस्तै साँझ भएको रोमाञ्चक खेलमा केकेआरले सनराइजर्स हैदराबादलाई ४ रनले पराजित गरेको छ ।

पञ्जाब किंग्सले आरसीबीलाई आइपिएलमा सबैभन्दा धेरै पटक पराजित गरेको छ । अब दिल्ली क्यापिटल्स पनि यो रेकर्डमा समावेश भएको छ । दुवै टोलीले पञ्जालाई १७–१७ पटक पराजित गरेको छ ।

कोलकाताका आन्द्रे रसेलले आइपिएलमा २ सय छक्का पूरा गरेका छन् । उनी यो उपलब्धि हासिल गर्ने नवौं खेलाडी बनेका छन् ।

केकेआरका लागि लामो समयदेखि आइपिएल खेल्दै आएका रसेलले आइपिएलमा २ सय छक्का पूरा गरेका हुन । उनी यो किर्तिमान बनाउने समग्रमा नवौं र तेस्रो क्यारेबियन खेलाडी बनेका छन् । यसअघि वेस्ट इन्डिजका क्रिस गेल र किरोन पोलार्डले पनि आइपिएलमा २ सय भन्दा बढी छक्का प्रहार गरिसकेका छन् ।

गेलले आइपिएलमा सर्वाधिक ३ सय ५७ छक्का प्रहार गरेका छन् । यस्तै भारतीय खेलाडीहरुमा यो किर्तिमान रोहित शर्माको नाममा छ, उनले २ सय ५७ छक्का प्रहार गरेका छन् । २ सय भन्दा बढी छक्का प्रहार गर्ने खेलाडीमा भारतका ४ र वेस्ट इन्डिजका ३ खेलाडी छन् । दक्षिण अफ्रिका र अस्ट्रेलियाका एक–एक खेलाडी छन् ।

सनराइजर्स हैदरावादले शनिबार राति कोलकाताविरुद्ध १५ छक्का प्रहार गरेको थियो । योसँगै टिमले आइपिएलको एक इनिङमा सर्वाधिक छक्का प्रहार गरेको छ । यसअघि हैदरावादले सन् २०१९ मा आरसीबीविरुद्ध १३–१३ र सन् २०२३ मा आरआरविरुद्ध १३–१३ छक्का प्रहार गरेको थियो ।

सनराइजर्सका हेनरिक क्लासेनले शनिबार कोलकाताविरुद्ध ८ छक्का प्रहार गरेका थिए । यससँगै उनले हैदरावादका लागि एक इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको बराबरी गरे । यसअघि डेभिड वार्नरले सन् २०१७ मा कोलकाताविरुद्ध ८–८ र मनिष पाण्डेले सन् २०२० मा राजस्थानविरुद्ध ८–८ छक्का प्रहार गरेका थिए ।

हेनरिक क्लासेनले आफ्नो ६३ रनको पारीमा एक चौका पनि प्रहार गरेनन् । सबै बाउन्ड्री छक्काको रूपमा प्रहार गरे। योसँगै उनी आइपिएलको एक इनिङमा चौका नहानेर सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन् ।

उनीभन्दा पहिले यो किर्तिमान नितिश राणा, सञ्जु स्यामसन र राहुल तेवतियाको नाममा थियो । राणाले सन् २०१७ मा पीबीकेएसविरुद्ध, सामसनले सन् २०१७ मा गुजरात लायन्सविरुद्ध र तेवतियाले सन् २०२० मा पञ्जाबविरुद्ध ७–७ छक्का प्रहार गरेका थिए ।

 

 

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.