लेख विवरण

आइपिएल २०२४ :  दोस्रो चरणको खेल तालिका सार्वजनिक

आइपिएल २०२४ : दोस्रो चरणको खेल तालिका सार्वजनिक

काठमाडौंँ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को दोस्रो चरणको खेलतालिका सार्वजनिक गरेको छ । यसअघि लोकसभा चुनावको मितिका कारण यसलाई रोकिएको थियो ।

बोर्डका अनुसार लिगको जारी सिजनको दोस्रो चरणका खेलहरु अप्रिल ८ मा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच रात्रिकालीन खेलबाट सुरु हुनेछ ।

यो खेल चेन्नईको घरेलु मैदान चेपकमा हुनेछ । यस सिजनको फाइनल खेल मे २६ मा चेन्नईमा हुनेछ ।

आइपिएल आयोजक समितिले फेब्रुअरी २२ मा पहिलो दुई साताका लागि २१ खेलको तालिका सार्वजनिक गरेको थियो । त्यसपछि लोकसभा चुनावका कारण बाँकी खेलको तालिका सार्वजनिक गरिएको थिएन । दोस्रो चरणको कार्यतालिका मार्च २५ मा सार्वजनिक गरिएको छ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले आइपिएलको अघिल्लो संस्करण जितेको थियो । अहमदाबादमा भएको फाइनल खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको थियो । सीएसके र एमआईले ५-५ पटक आइपिएल उपाधि जितेका छन्।

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.