लेख विवरण

इटहरी गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

इटहरी गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

सुनसरी । त्रिभुवन आर्मी क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको सेमिफाइनलमा पुग्न सफल भएको छ । इटहरी रङ्गशालामा सोमबार राती सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा बिर्तामोड युनाईटेड झापालाई पेनाल्टी सुट आउटमा ३-२ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिइएको थियो । पेनाल्टीमा बिर्तामोडका विवेक पौडेल, आशिष् चापागाईँ र देवेन्द्र तामाङको प्रहारलाई विफल भयो । तर विशाल दर्जी र मौसम सुब्बाको प्रहार भने गोलमा परिणत भएको थियो । आर्मीका जीतेन्द्र कार्की, नवयुग श्रेष्ठ, फत्तेमान घलले गोल गरे । कमल थापाको प्रहार बिर्तामोडका गोलकिपर विवेक मगरले रोके ।

त्यसअघि निर्धारित समयको ८१ औँ मिनेटमा आशिष् चापागाईँले पेनाल्टी मार्फत गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ६ मिनेट थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा बिर्तामोडका नवयुग श्रेष्ठले पेनाल्टी मार्फत बराबरी गोल फर्काए ।

सोमबारको खेलको म्यान अफद म्याच आर्मीका गोलकिपर बिकेश कुथु घोषित हुँदै नगद १० हजार पाए । मङ्गलवारको अन्तिम क्वाटर फाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र न्यु रोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ । आगामी शनिवार हुने फाइनल खेलको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

तस्बीर : गुरु ढकाल

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.