लेख विवरण

चेन्नईले गुजरातलाई दियो २ सय ७ रनको लक्ष्य, दुबेले बनाए २२ बलमा अर्धशतक

चेन्नईले गुजरातलाई दियो २ सय ७ रनको लक्ष्य, दुबेले बनाए २२ बलमा अर्धशतक

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को सातौं खेलमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई जितका लागि २ सय ७ रनको लक्ष्य दिएको छ ।

चेपक स्टेडियममा सोमबार गुजरातले टस जितेर बलिङ रोजेको हो । पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनायो । टोलीका लागि रचिन रविन्द्रले २० बलमा ४६ र शिवम दुबेले २३ बलमा ५१ रन को योगदान दिए भने कप्तान रुतुराज गवक्वाडले ३६ बलमा ४६ रन बनाए ।

गुजरातका लागि बलिङतर्फ राशिद खानले २ विकेट लिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.