लेख विवरण

हैदराबाद स्टेडियममा सनराइजर्सको किर्तिमानी ब्याटिंग १० तस्वीरमा

हैदराबाद स्टेडियममा सनराइजर्सको किर्तिमानी ब्याटिंग १० तस्वीरमा

काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को आठौं खेल सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीच हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको छ । यस खेलमा कुल ५ सय २३ रन बन्नुका साथै ३८ छक्का पनि प्रहार गरिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले मुम्बईलाई २ सय ७८ रनको लक्ष्य दिएको थियो । जवाफमा मुम्बईले २ सय ४६ रन बनाएको थियो । उक्त खेलमा मुम्बई ३१ रनले पराजित भएको थियो । तर, यो खेलमा चौका र छक्काको वर्षात निकै भएको थियो । आउनुहोस्, यस खेलमा ५ सय २३ रन बनाउनुको पछाडि कुन नायकको हात थियो, जानौंँ ।

ट्रेविस हेड

ट्रेविस हेड

मुम्बई इन्डियन्सविरुद्ध सनराइजर्स हैदराबादका ओपनर ट्रेभिस हेडले २४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा ६२ रन बनाए । उनले १८ बलमा अर्धशतक प्रहार गरे ।

 

अभिषेक शर्मा

अभिषेक शर्मा

सनराइजर्स हैदराबादका लागि युवा ब्याट्सम्यान अभिषेक शर्माले १६ बलमा अर्धशतक प्रहार गरे । उनले २३ बलमा ७ छक्का र ३ चौकाको मद्दतमा ६३ रन बनाए ।

 

एडन मार्करम

एडन मार्करम

गत सिजन सनराइजर्सका कप्तान रहेका एडेन मार्करामले २८ बलमा अविजित ४२ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे ।

 

हेनरिक क्लासेन

हेनरिक क्लासेन

हैदरावादका लागि हेनरिक क्लासेनले सर्वाधिक अविजित ८० रन बनाए । उनले ४ चौका र ७ छक्का प्रहार गरे ।

 

रोहित शर्मा

रोहित शर्मा

रोहित शर्माले १२ बलमा २६ रन बनाए । उनले ३ छक्का र १ चौका प्रहार गरे ।

 

ईशान किशन

ईशान किशन

इशान किशनले १३ बलको सामना गर्दै २ चौका र ४ छक्काको मद्दतमा ३४ रन बनाए । 

 

नमन धीर

नमन धीर

नमन धीरले २१४ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै १४ बलमा ३० रन बनाए । उनले २ चौका र २ छक्का प्रहार गरे ।

 

तिलक वर्मा

तिलक वर्मा

मुम्बई इन्डियन्सका लागि युवा विस्फोटक ब्याट्सम्यान तिलक वर्माले ३४ बलमा २ चौका र ६ छक्काको मद्दतमा ६४ रन बनाए । उनले एमआईका लागि सर्वाधिक रन बनाए ।

 

टिम डेभिड

टिम डेविड

सनराइजर्स हैदरावादविरुद्ध टिम डेभिडले २२ बलमा अविजित ४२ रन बनाए । उनले २ चौका र ३ छक्का प्रहार गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.