लेख विवरण

हैदरावादले मुम्बईलाई ३१ रनले हरायो, क्लासेनले बनाए ३४ बलमा ८० रन

हैदरावादले मुम्बईलाई ३१ रनले हरायो, क्लासेनले बनाए ३४ बलमा ८० रन

काठमाडौंँ । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा पहिलो जित हात पारेको छ । मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गर्दै हैदरावादले सिजनको आठौं खेलमा जित निकालेको हो ।

राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबार भएको खेलमा मुम्बईले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनायो ।

लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४६ रन मात्र बनाउन सक्यो ।

हैदरावादले आइपिएलइतिहासमा सर्वाधिक रन बनाएको छ । यसअघिको किर्तिमान आरसीबीको नाममा थियो ।

बेंगलोरले सन् २०१३ को सिजनमा पुणे वारियर्सविरुद्ध २ सय ६३ रन बनाएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.