लेख विवरण

अन्तर प्रदेश राष्ट्रिय खेलकुद : कोशी प्रदेश स्तरीय महिला फुटबल छनौट सुरु

अन्तर प्रदेश राष्ट्रिय खेलकुद : कोशी प्रदेश स्तरीय महिला फुटबल छनौट सुरु

सुनसरी । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कोशी प्रदेश स्तरीय महिला फुटबल खेलाडी छनौट सुरु भएको छ । बागमती प्रदेशमा चैत्र २५ देखी वैशाख १ गतेसम्म हुने अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलको लागि सुनसरीको इटहरीमा छनौट सुरु भएको हो ।

कार्यक्रममा एन्फा मान्यता प्राप्त ११ जिल्लाबाट छनौट भएर आएका १ सय ५० जना किशोरी सहभागी रहेको कार्यक्रम संयोजक एवंम कोसी प्रदेश फुटबल संघका सह महासचिव केशव कार्कीले जानकारी दिए ।

कोसी प्रदेश फुटबल संघको आयोजनामा भएको कार्यक्रमको उद्घाटन संघका अध्यक्ष किशोर राईले गरे ।

छनौट कार्यक्रमको दुई दिनसम्म चल्ने र उत्कृष्ट २८ जना किशोरीहरू छनौट गरिने र उनीहरूलाई एक सातासम्म इटहरीमै बन्द प्रशिक्षण गराइने कार्कीले जानकारी दिए ।

एक साताको प्रशिक्षणको १८ जना खेलाडी खेलाडी छनौट गरी प्रदेशको टिम बनाइने र उनीहरूले बागमतीमा अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा प्रतिस्पर्धा गर्ने कार्कीले बताए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.