लेख विवरण

पेरिस ओलम्पिक २०२४ को आधिकारिक हुलाक टिकट सार्वजनिक

पेरिस ओलम्पिक २०२४ को आधिकारिक हुलाक टिकट सार्वजनिक

काठमाडौंँ । पेरिस ओलम्पिक र पारालम्पिक खेलका लागि फ्रान्सेली हुलाक संग्रहालयले आयोजक समिति र ला पोस्टे ग्रुपसँगको सहकार्यमा आधिकारिक हुलाक टिकट जारी गरेको छ । टिकटमा आइफिल टावर र सेन नदी जस्ता प्रतिष्ठित स्थलहरू चित्रण गरिएको छ। ओलम्पिकको आधिकारिक टिकट मूल्य १.९६ युरो रहेको छ । यसको आठ लाख प्रति बिक्री हुने र मार्च २९ देखि बिक्रीका लागि उपलब्ध हुनेछ ।

आधिकारिक हुलाक टिकट जारी गर्ने सन्दर्भमा पेरिस २०२४ आयोजक समितिका अध्यक्ष टोनी एस्टान्गेटले भने, 'टिकटमा पेरिस २०२४ को रङ छ। यसले खेलहरूको सुरुवातमा योगदान पुर्याउनेछ।' ला पोस्ट ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत फिलिप वाहलले भने, 'सांकेतिक टिकट जारी गर्न पाउँदा गौरवान्वित छु । प्रतीकहरु संग समृद्ध, यो खेल को आत्मा प्रतिबिम्बित गर्दछ।'

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.