लेख विवरण

टी–२० विश्वकप २०२४ मा एसियाबाट नेपाल सहित ७ देशले सहभागिता जनाउदै

टी–२० विश्वकप २०२४ मा एसियाबाट नेपाल सहित ७ देशले सहभागिता जनाउदै

काठमाडौंँ । अमेरिका र वेस्ट इन्डिजमा यही जुन २ देखि हुने टी–२० विश्वकपको तालिका सार्वजनिक भएको छ र सबै टोली आ–आफ्नो तयारीमा केन्द्रित छन् । टी–२० विश्वकपमा पहिलो पटक २० टिमले सहभागिता जनाउने भएका छन् । यो टी–२० विश्वकपको नवौं संस्करण हो ।

टी–२० विश्वकपको पहिलो उपाधि सन् २००७ मा भारतले जितेको थियो । सन् २००९ मा पाकिस्तान, सन् २०१० मा इंग्ल्यान्ड, सन् २०१२ मा वेस्ट इन्डिज, सन् २०१४ मा श्रीलंका, सन् २०१६ मा वेस्ट इन्डिज, सन् २०२१ मा अस्ट्रेलिया र सन् २०२२ मा इङ्ल्यान्ड च्याम्पियन बनेको थियो ।

अहिलेसम्म शीर्ष ८ मा रहेका दक्षिण अफ्रिका र न्युजिल्यान्ड उपाधि जित्न सकेका छैनन् । इंग्ल्याण्ड र वेष्ट इन्डिजको टिम २–२ पटक च्याम्पियन बनेको छ । यसपटक २० टिमको सहभागितामा प्रतियोगिता थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने २० मध्ये ७ टिम एसियाबाट मात्र जानेछन् ।

सन् २०२४ को टी–२० विश्वकपमा सहभागि हुने एशियाली टोलीहरु : नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान ।

सन् २०२४ को टी–२० विश्वकपमा सहभागी हुने सबै टोलीहरु : अष्ट्रेलिया, वेष्ट इन्डिज, इंग्ल्याण्ड, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, क्यानडा, स्कटल्याण्ड, नेदरल्याण्ड्स, युगान्डा, संयुक्त राज्य अमेरिका, आयरल्याण्ड, पपुवा न्युगिनी, नामिबिया, नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.