लेख विवरण

अर्जेन्टिनाका फुटबलर डि मारियालाइ धम्की दिने तीन पक्राउ

अर्जेन्टिनाका फुटबलर डि मारियालाइ धम्की दिने तीन पक्राउ

काठमाडौं, १७ चैत । अर्जेन्टिनाका फुटबलर एन्जेल डि मारिया र उनको परिवारलाई धम्की दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । 

डि मारिया र उनका परिवारलाइ धम्की दिएको आरोपमा अर्जेन्टिनामा तीन जनालाई पक्राउ गरिएको सुरक्षा मन्त्री प्याट्रिसिया बुलरिचले जानकारी दिएका छन ।

पक्राउ पर्दा लागुऔषध ओसारपसारको अनुसन्धानमा रहेका एकजना संदिग्धले आफू र दुई जना सहयोगीले डि मारियाको परिवारलाई धम्की दिएको स्वीकार गरेका छन्।

गत सोमबार उत्तरपूर्वी अर्जेन्टिनाको रोजारियोमा रहेको डि मारियाको परिवारको घरमा कार चलाउने क्रममा गोली हानेको थियो भने विश्वकप विजेतालाई आफ्नो गृहनगर टोलीमा फर्कन नदिन चेतावनी दिएको लिखित सन्देश पनि छाडिएको थियो।

हाल पोर्चुगिज क्लब बेन्फिकासँग जुनसम्मको सम्झौतामा रहेको डि मारियाले रोसारियो सेन्ट्रलमा आफ्नो व्यावसायिक करियर समाप्त गर्न चाहेको बताएलगत्तै यो आक्रमण भएको हो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.