आइपीएल : दिल्लीले चेन्नईलाई दियो १ सय ९२ रनको लक्ष्य
काठमाडौंँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई जितका लागि १ सय ९२ रनको लक्ष्य दिएको छ । आइतबार भएको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
टोलीका लागि कप्तान ऋषभ पन्तले ३२ बलमा ५१ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । पन्तबाहेक डेभिड वार्नर (५२ रन)ले आइपिएल करियरको ६२ औं अर्धशतक पूरा गरे । पृथ्वी शाले २७ बलमा ४३ रन बनाए ।
चेन्नईका मथिश पाथिरानाले ३ विकेट लिए । मुस्ताफिजुर रहमानले एक सफलता हात पारे ।

टिप्पणी लेख्नुहोस्