टी–२० क्रिकेटमा धोनीले रचे अर्को इतिहास
काठमाडौंँ । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले टी–२० क्रिकेटमा अर्को विशेष उपलब्धि हासिल गरेका छन् । उनले आईपीएल २०२४ मा दिल्ली विरुद्ध पृथ्वी शको क्याच लिएपछि टी-२० क्रिकेटमा आफ्नो ३०० औं विकेट पुरा गरेका छन्। धोनी विकेट पछाडि ३ सय विकेट लिने विश्वकै पहिलो विकेटकिपर बनेका छन् ।
आइपिएल २०२४ को १३ औं खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दैछन् । विशाखापट्टनममा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई जितका लागि १ सय ९२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
टोलीका लागि कप्तान ऋषभ पन्तले ३२ बलमा ५१ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । पन्तबाहेक डेभिड वार्नर (५२ रन)ले आइपिएल करियरको ६२ औं अर्धशतक पूरा गरे । पृथ्वी शाले २७ बलमा ४३ रन बनाए ।
चेन्नईका मथिश पाथिरानाले ३ विकेट लिए । मुस्ताफिजुर रहमानले एक सफलता हात पारे ।

टिप्पणी लेख्नुहोस्