लेख विवरण

महिला फुटबल टिमको सम्म्मान

महिला फुटबल टिमको सम्म्मान

काठमाडौंँ । नेपाल स्पोर्ट्स फेलोसिपले आइतबार राति नेपालको महिला फुटबल टिमलाई सम्मान गरेको छ ।

गत फागुनमा पश्चिमी एसियाली गल्फ राष्ट्रहरुले खेल्ने वाफ महिला फुटबल च्याम्पियन्सीपमा उपविजेता बनेर नेपालको नाम उँचा पारेको भन्दै नेपाल स्पोर्ट्स फेलोसिपले इस्टर फेस्ट फेलोसिप २०२४ अन्तर्गत महिला फुटबल टिमलाई ७५ हजार रुपियाँ र गिफ्ट ह्याम्परसहित सम्मान गरेको हो ।

वाफ च्याम्पियन्सीपको फाइनलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजित भएको थियो । खेलकर्मी भेलाको रुपमा आयोजित गरिएको सो कार्यक्रममा नेपालका सबैजसो खेलका करीब एक सयभन्दा बढी खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.