लेख विवरण

महिला खेलाडीलाई कुटपिट गर्ने फुटबल संघका महासचिव पक्राउ

महिला खेलाडीलाई कुटपिट गर्ने फुटबल संघका महासचिव पक्राउ

काठमाडौंँ । भारतीय फुटबल फेरि एकपटक विवादमा परेको छ । भारतमा फुटबलको व्यवस्थापन गर्ने अखिल भारतीय फुटबल महासंघका एक अधिकारीलाई गोवा प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्त दीपक शर्मा (भारतीय फुटबल महासंघ) एआईएफएफको कार्यकारी समितिका सदस्य हुन् । गोवा प्रहरीका अनुसार दीपकमाथि दुई महिला फुटबल खेलाडीको कोठामा जबरजस्ती प्रवेश गरी उनीहरूमाथि कुटपिट गर्ने, लात हाने र दुर्व्यवहार गरेको आरोप छ। यो घटना मार्च २८ मा भएको थियो, जब दुवै महिला फुटबलर गोवामा उपस्थित थिए ।

पीटीआई रिपोर्टका अनुसार दुवै पीडित महिला फुटबलर इन्डियन वुमन्स लिगमा भाग लिन गोवा आएका थिए । उनीहरु लिगमा खाड एफसी क्लबबाट खेल्दै आएका थिए । दीपक यस क्लबका मालिक हुन् र दुवै महिला फुटबलरको प्रदर्शनलाई लिएर केही असन्तुष्टि थियो । गोवा पुलिसका डीएसपी (मापुसा) सन्देश चोडनकरका अनुासर दीपक विरुद्ध उजुरी आएपछि उनलाई शनिबार सोधपुछको लागि बोलाइएको थियो। अनुसन्धानपछि उक्त कुरा सत्य पाइएपछि मापुसा प्रहरीले दीपकलाई पक्राउ गरेको थियो । उनीविरुद्ध महिलालाई जबरजस्ती करणी, दुव्र्यवहारलगायत विभिन्न धारामा मुद्दा दर्ता गरिएको छ ।

एआईएफएफ कार्यकारी समिति सदस्य शर्मा हिमाचल प्रदेशका बासिन्दा हुन्। उनी हिमाचल प्रदेश फुटबल संघका महासचिव हुन्। डिएसपी सन्देशका अनुसार दीपकलाई शनिबार राति हिरासतमा लिइएको छ । उनलाई आइतवार अदालतको बिदा बेन्चमा पेश गरिएको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.