लेख विवरण

वानखेडेमा मुम्बई इन्डियन्सको खराब प्रदर्शन, राजस्थानलाई १२६ रनको लक्ष्य

वानखेडेमा मुम्बई इन्डियन्सको खराब प्रदर्शन, राजस्थानलाई १२६ रनको लक्ष्य

काठमाडौंँ । वानखेडे स्टेडियममा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच हाईभोल्टेज खेल हुँदैछ । यो खेलअघि घरेलु मैदानमा मुम्बईले बलियो पुनरागमन गर्ने देखिएको थियो । तर, आफ्नै मैदानमा मुम्बईको फ्लप ब्याटिङ शो हेर्न पाइयो । जहाँ टस हारेर ब्याटिङमा आएको मुम्बई इन्डियन्सले १ सय २६ रन मात्रै बनाएको छ । अब वानखेडे स्टेडियममा यो लक्ष्य जोगाउन मुम्बईलाई सजिलो हुनेछैन।

टस हारेर पहिले ब्याटिङमा आएको मुम्बई इन्डियन्सले निकै निराशाजनक ब्याटिङ गर्यो । पूरै टोलीले २० ओभरमा १ सय २५ रन मात्रै बनाउन सफल भयो । मुम्बईको इनिङ्समा तीन ब्याट्सम्यान रोहित शर्मा, नमन धीर र देवाल्ड ब्रेभिस गोल्डेन डकमा आउट भए । राजस्थानका ट्रेन्ट बोल्टले पहिलो ओभरमै २ विकेट लिएर मुम्बईको कमर भाँचे । त्यसपछि इशान किशनले १६ (१४) मा आफ्नो विकेट गुमाए । तिलक वाहर्माले २९ बलमा ३२ रनको महत्वपूर्ण इनिङ खेले भने हार्दिक पाण्ड्याले २१ बलमा ३४ रनको महत्वपूर्ण इनिङ खेले । हार्दिकको ब्याटबाट बनेको ३४ रनको इनिङ मुम्बई इन्डियन्सका लागि सबैभन्दा ठूलो इनिङ हो । यसबाहेक टिम डेभिड (२४), पियुष चावला (६), जेराल्ड कोएट्जी (९) रनमा आउट भए । अन्तमा जसप्रित बुमराहले ८ रनमा विकेट गुमाए भने आकाश मधवालले ४ रन बनाए ।

राजस्थानका फास्ट बलर ट्रेन्ट बोल्टले पहिलो ओभरमा २ विकेट लिएका थिए भने ४ ओभरको स्पेलमा २२ रन दिएर ३ विकेट लिए । उनका अलावा युजभेन्द्र चहलले ३, नान्द्रे बर्गरले २ र आवेश खानले एक विकेट लिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.