लेख विवरण

मकवानपुर हक्कीको जिल्ला अधिवेशन सम्पन्न

मकवानपुर हक्कीको जिल्ला अधिवेशन सम्पन्न

हेटौडा । नेपाल हक्की संघ जिल्ला कार्यसमिति मकवानपुरको बिषेश साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ।

पूर्व राष्ट्रिय खेलाडी तथा निवर्तमान केन्द्रीय सदस्य मनोज कुमार शर्मा अध्यक्ष र राजेश कुमार शर्मा सचिव रहने गरी नौ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो।

जिल्ला खेलकुद विकास समिति मकवानपुरको सभा हलमा सम्पन्न सभाबाट उपाध्यक्ष शोभा घिमिरे सिंह, कोषाध्यक्ष अनिल बर्तौला र सदस्यहरुमा बिष्णु राउत, बिकास दगाल, ईश्वर सिलवाल, आयुशा घिमिरे र सिद्धान्त पुडासैनी निर्वाचित भएका हुन्।

बागमती प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य माधब प्रसाद तिमिल्सिना को प्रमुख आतिथ्यता सम्पन्न सभामा जिखेबिस सचिव माधव कोईराला, निबर्तमान अध्यक्ष भेष खड्गी, एथलेटिक्स संघका सदस्य रमण झा लगायत विभिन्न संघका पदाधिकारी हरुको उपस्थिती रहेको थियो।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.