लेख विवरण

गुजरातसँग टस हारेर पहिला ब्याटिंग गर्दै नेपाल

गुजरातसँग टस हारेर पहिला ब्याटिंग गर्दै नेपाल

काठमाडौँ । नेपालले फ्रेन्डसिप कप अन्तर्गत आज गुजरात क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ ।

गुजरातको भापीमा हुने यो खेलमा गुजरातले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपालले फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो । त्यस्तै सोमबार सम्पन्न खेलमा गुजरात क्रिकेट एसोसियसनले बरोडालाई ५ विकेटले पराजित गरेको छ । मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई नेपालले २७ रनले पराजित गरेको थियो ।

नेपालले अर्को खेल अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।

नेपालको प्लेइङ-११:

रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह,  गुलशन झा, सोमपाल कामी, प्रतिस जिसी र अविनास बोहोरा ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.