लेख विवरण

भारोत्तोलन टोली थाइल्यान्ड जाने

भारोत्तोलन टोली थाइल्यान्ड जाने

काठमाडौंँ । आईडब्लुएफ वल्र्ड कपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली आइतबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ ।

पुरुष १ सय ९ केजीमाथि सागर भण्डारीले प्रतियोगिताको अन्तिम दिन अप्रिल ११ तारिखमा प्रतिस्पर्धा गर्ने नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् ।

प्रतियोगिता मार्च ३१ तारिखदेखि सुरु भइसकेको छ ।

प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् ।

टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.