लेख विवरण

वाडाको रिपोर्टअनुसार भारतमा सबैभन्दा बढी डोपिङ परीक्षण असफल

वाडाको रिपोर्टअनुसार भारतमा सबैभन्दा बढी डोपिङ परीक्षण असफल

काठमाडौंँ । विश्व एन्टी डोपिङ एजेन्सीले जारी गरेको तथ्याङ्क अनुसार २ हजार वा सोभन्दा बढी नमूना परीक्षण गरेका देशहरूमध्ये २ हजार २२ को टेस्टिङ डाटा रिपोर्टअनुसार भारतमा सबैभन्दा बढी डोपिङ परीक्षण असफल भएको छ । त्यस्तै यो सुचीमा दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ। वाडाले बुधबार जारी गरेको प्रतिवेदनमा भारतमा ३ हजार ८ सय ६५ नमूनाहरू (पिसाब र रगत दुवै) परीक्षण गरिएको थियो जसमध्ये १ सय २५ वटा पोजेटिभ देखिएको छ, जुन नमूना सङ्ख्याको ३.२ प्रतिशत हो। परीक्षण गरिएका नमूनाहरूको आधारमा भारत ११ औं स्थानमा छ तर डोपिङका केस खेलकुदका महाशक्तिहरू जस्तै रुस (८५), अमेरिका (८४), इटाली (७३) र फ्रान्समा (७२) भन्दा बढी रहेका छन्।

दक्षिण अफ्रिकाले २ हजार २३ नमूनाहरूको परीक्षण गर्‍यो, जसमध्ये २.९ प्रतिशत पोजेटिभ थियो। तेस्रो स्थानमा कजाकिस्तान रहेको छ जसमा २ हजार १ सय ७४ नमूनामध्ये १.९ प्रतिशत पोजेटिभ पाइएको छ । नर्वे र अमेरिका चौथो स्थानमा छन् । चीनले रेकर्ड १९ हजार २ सय २८ नमूना परीक्षण गरेको छ, भने प्रतिकूल नतिजा ०.२ प्रतिशत रहेको छ। डोपिङका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट निलम्बनमा परेको रुसले १० हजार १ सय ८६ नमूना परीक्षण गर्दा ०.८ प्रतिशत पोजेटिभ देखिएको थियो ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.