प्रदेशस्तरीय हक्की प्रतियोगिता सोमबारदेखि
काठमाडौंँ । बागमती प्रदेश हक्की संघको आयोजनामा प्रथम प्रदेशस्तरीय पुरुष फाइभ्स हक्की प्रतियोगिता सोमबार हुने भएको छ ।
प्रतियोगितामा ६ टिमको सहभागिता रहने नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् । नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ, बागमती प्रदेश र गण्डकी प्रदेशको सहभागिता रहने छ । आर्मीको २ टोली रहने छ ।
शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । लिग कम नकआउट आधारमा हुने एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्