लेख विवरण

लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट हुने

लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट हुने

भैरहवा । नेपाल ओलम्पिक कमिटिले बुद्ध जन्मस्थलमा सामान्य वाकाथुन हुदै सुरु गरेको लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट म्याराथन हुने बताईएको छ ।
सन् २०२२ मा पहिलो पटक लुम्बिनीमा अवस्थित बिश्वशान्ति द्धिपबाट मायादेबी मन्दिर सम्म वाकाथनबाट सुरु भएकोमा गत वर्ष म्याराथनका रुपमा पुर्णता पाउदा २०२४को अप्रैल ६ (२४ चैत्र २०८४) शनिबार लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको दोश्रो सस्करण आयोजना हुन गैरहेको छ ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय म्याराथनको छुट्टै महत्व रहेको जनाउदै खेलका माध्यमबाट पर्यटन एवं लुम्बिनीको प्रबद्र्धन हुने बताउछन् । यस पटक देखी लुम्बिनी अन्तराष्ट्रिय शान्ति म्याराथनमा नेपाल ओलम्पिक कमिटि संगै, नेपाल स्थित चिनिया राजदुताबास,लुम्बिनी बिकास कोष, नेपाल पर्यटन बोर्ड र लुम्बिनी प्रदेश खेलकुद परीषदले पनि हातेमालो गरेको हुदा म्याराथनको गरीमा संगै प्रचार भएको छ, श्रेष्ठले भने ।

यो म्याराथन बिश्वकै उत्कृष्ट बन्नेछ, अहिले सुरुवात हो पछि बिश्वभरबाट प्रतिष्पर्धामा आउनेछन्, लुम्बिनीको महत्वका कारण बिश्वभरका म्याराथुन धावकहरु माझ यो लोकप्रिय हुनेछ , अध्यक्ष श्रेष्ठले भने ।

शनिबार बिहान ६ बजे लुम्बिनी स्कबायर बाट सुरु भै भैरहवा सम्म आएर पुनह लुम्बिनी स्कवायर मा आएर टुंगिने लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको सबै तयारी पुरा भएको नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले बताए । सबै तयारी पुरा भएको छ , धावकहरु लुम्बिनी आउने क्रम जारी छ, उन्ले भने ।

हामीहरु यो म्याराथनको आयोजनालाई लिएर निकै उत्साहित भएका छौ, लुम्बिनी देखि भैरहवा लुम्बिनी एसओएस सम्म र त्यहाबाट पुनह लुम्बिनी पुगेर टुंगिने गरी लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन लुम्बिनी स्कवायर बाट सुरु भै पुनह त्यही आएर टुंगिने गरी ४२ दशमलब १९५ मिटर दुरीको म्याराथनको दुरी प्रमाणिकरणको लागि अन्तर्राष्ट्रिय सस्था एम्स( एसोसियसन अफ इन्टरनेशनल म्याराथुन एन्ड डिस्टेन्स रेसेज) का प्रतिनिधी आएर मापन गरीसकेको र प्रतियोगिता सुरु हुनु अघिनै आई.ए.फ.(इन्टरनेशनल एथलेटिक्स फोरुम) र एम्स ( एसोसियसन अफ इन्टरनेशनल म्याराथुन एन्ड डिस्टेन्स रेसेज) ले संयुक्त रुपमा प्रमाणपत्र दिएपछि अन्तर्राष्ट्रिय म्याराथनको क्यालेन्डरमा समेत सूचिकृत हुनेछ, महासचिव श्रेष्ठले भने ।

लुम्बिनी म्याराथन प्रमाणिकरण भए संगै नेपालमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएको ४ वटा म्याराथन हुने श्रेष्ठले बताए । यस अघि काठमाण्डौ म्याराथन, पोखरा म्याराथन र नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय म्याराथनको मान्यता पाइसकेका छन् ।

विकास र शान्तिको लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसको दिन अप्रिल ६ (चैत्र २४ शनिवार)का दिन यो म्याराथन गर्दै आएका छौ, यो प्रतियोगिता लगत्तै अर्को बर्ष आयोजना हुने म्याराथनको तिथी सार्बजनिक गर्छौ जस्ले गर्दा बिश्व भर रहेका म्याराथन धावकहरु माझ बुद्धजन्मस्थल लुम्बिनीमा यो तिथीमा प्रतियोगिता हुदैछ भन्ने जानकारी पहिलानै हुनेछ,उन्ले भने । यो म्याराथनलाई बिश्वकै उत्कृष्ट म्याराथनका रुपमा स्थापित बनाउने प्रयास हामी गर्छौ, अप्रतक्ष्य रुपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी पनि जोडिएकोले यो म्याराथनको स्वतह बिशवब्यापीकरण हुनेछ, महासचिव श्रेष्ठले भने ।

आयोजनाले यस क्षेत्रमा खेल संगै पर्यटन प्रबद्र्धन र लुम्बिनीको प्रचार एकसाथ हुनेछ । प्रतियोगिताको नगद पुरस्कार राशी हेर्दा नेपालमै सर्बाधिक बढी राशीको पुरस्कार लुम्बिनी म्याराथनको रहेको दाबी नेपाल ओलम्पिक कमिटिको छ । अर्को वर्ष पुरस्कार राशी कम्तिमा दोब्बर बनाउने लक्ष्य बनाईएको छ ।

यस पटक पुरुष तर्फको म्याराथनमा प्रथम हुनेले ५ लाख रुपैया , दोश्रोले ३ लाख रुपैया, तेश्रोले २ लाख, चौथोले १ लाख तथा पाचौ देखि दशौं स्थान सम्म आउनेले क्रमश ८०,६०,४०,२०,१०र५हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसै गरी महिला तर्फको हाफ म्याराथन(२१.०९७५ मिटर)मा प्रथम हुनेले २ लाख, दोश्रोले १ लाख ६० हजार तथा तेश्रो हुनेले १ लाख २० हजार रुपैया पुरस्कार पाउनेछन् । त्यसै गरी ५ किमीको महिला पुरुषको दौड र विद्यालयका छात्र, छात्राको लागि ३ किलोमिटरको वाकाथन समेत आयोजना हुनेछ । ५ किमी र ३ किमी दुबै स्पर्धाका बिजेताले क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । यस पटक पुरुष तर्फको म्याराथनमा ६० जनाको नाम दर्ता भैसकेको छ त्यसै गरी महिला तर्फको हाफ म्याराथनमा २० जना ५ किमीमा बिद्यालय तर्फ १ सय जना तथा खुल्लामा ६५ एवं वाकाथुनमा २सय बढीको सहभागिता हुने बताईएको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.