मिष्टर योगी रोशन र मिस योगि मीना कुमारी राउत
चितवन । पाँचौ राष्ट्रिय योग खेलकुद प्रतियोगितामा अधिराज्यभरीका २ सय १३ योग खेलकुदका खेलाडीहरुमध्येबाट कञ्चनपुरका रोशन विष्ट मिस्टर योगी र उदयपुरकी मीना कुमारी मिस योगी भएका छन् ।
अन्य सहभागीहरु मध्येबाट ९ देखि ११ वर्ष उमेर समुह पुरुषतर्फ प्रथम शुसान्त गजुरेल, दोस्रो किरण मगर र तेस्रो अशिस तामाङ भएका छन् । सोहि उमेर समुहमा महिला तर्फ प्रथम सोमिया कार्की, दोस्रो नुरिता तामाङ र तेस्रो संरचना पुरी भएका छन ।
१२ देखि १४ वर्ष उमेरसमुहका पुरुष तर्फ प्रथम जय चौधरी दोस्रो दिप्सन पौडेले र बबिन शर्मा तेस्रो स्थानमा रहेका थिए । सोही उमेर समुहमा प्रथम स्वेच्छा थापा, दोस्रो दिक्षा धिमाल र तेस्रो स्मृति श्रेष्ठ भएका छन ।
१५ देखि १७ वर्ष उमेर समुहमा पुरुष तर्फ प्रथम बुद्ध गुरुङ दोस्रो विवेक यादव र तेस्रो हुन सफल सुन्दर सार्की रहेका छन । १५ देखि १७ वर्ष उमेर समुहमा महिला तर्फ प्रथम चाँदनी परियार, दोस्रो प्रज्ञा गौतम र तेस्रो समता ओडारी भएका छन् ।
१८ देखि ३५ पुरुष तर्फ प्रथम रोशन विष्ट, दोस्रो आङ छिरिङ शेर्पा र तेस्रो भरत कुमार बजगाई भएका छन । सोही उमेर समुहमा महिला तर्फ प्रथम मिना कुमारी रावत, दोस्रो विसिका ढकाल, र तेस्रो सुनिता तामाङ भईन ।
३६ देखि ४९ उमेर समुहमा पुरुषतर्फ प्रथम निल कमल रोय दोस्रो राम शरण दाहाल र तेस्रो नवराज ढुंगाना भएका छन । सोही उमेर समुहमा महिलातर्फ प्रथम जानुका भट्टराई, दोस्रो रेनुका गुरुङ र तेस्रो टंक माया रेग्मी भएका छन ।
५० माथि उमेर समुह पुरुष तर्फ प्रथम कमल बहादुर रेवत, दोस्रो योग प्रसाद आचार्य र तेस्रो कृष्ण बहादुर न्यौपाने भएका छन् । सोही उमेर समुहमा महिला तर्फ प्रथम सन्जना भट्टराई, दोस्रो ललिता कुमारी बछा र तेस्रो जीना श्रेष्ठ भएका छन
राष्टिय खेलकुद परिषदका बोर्ड सदस्य श्री प्रकाश कुसरीको प्रमुख आतिथ्यतामा उदघाटन भएको उक्त प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि राखेपका पुर्व सदस्यसचिव केशबकुमार विष्ट, नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा. सूर्य बहादुर कार्की सुदुरपश्चिम योग खेलकुद संघका अध्यक्ष गीता सोराडी लगायतले पुरुष्कार विजेता खेलाडीहरुलाई पदक तथा नगद पुरुष्कार प्रदान गरेका थिए ।
पुरुष ९ देखि ११ वर्ष सम्म ३५, सोही समुहमा महिला तर्फ ४९, पुरुष १२ देखि १४ वर्षसम्म २६ जना सोही उमेर समुहमा महिलातर्फ ५१ जना, १५ देखि १७ उमेरसमुहमा पुरुष ५ र महिला ६ जना, १८ देखि ३५ वर्षसमुहमा पुरुषतर्फ ५ जना र महिला तर्फ ४ जना ३६ देखि ४९ उमेरसमुहमा पुरुष ३ जना महिला तर्पm ७ जना ५० वर्ष उमेर माथि समुहमा पुरुषतर्फ ९ र महिलातर्फ ३ जना गरी जम्मा २१३ योग खेलका खेलाडीहरुको सहभागिता रहेको थियो ।

टिप्पणी लेख्नुहोस्