लेख विवरण

दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल : दुई विभागीयसहित ८ टोली सेमिफाइनलमा

दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल : दुई विभागीयसहित ८ टोली सेमिफाइनलमा

काठमाडौँ। दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा दुई विभागीयसहित ८ टोली सेमिफाइनलमा पुगेका छन्।

नेपाल स्पाइनल कर्ड इन्ज्यरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबारदेखि शुरू भएको प्रतियोगिताको पहिलो दिन महिलातर्फ ४ र पुरूषतर्फ ४ गरी ८ टोली सेमिफाइनल पुगेका हुन्।

आयोजकका अनुसार पुरुषतर्फ पुल ‘ए’ को विजेता बन्दै इस्पाइनल कट इन्ज्यरी नेट्वर्क नेपाल (एससीआईएनएन) सेमिफाइनलमा पुगेको छ।

एससीआईएनएनले बीआईएलाई २२–२० र ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए)लाई ४७–१० स्कोरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

फाइनल प्रवेशका लागि एससीआईएनएनले पुल ‘बी’ को उपविजेता सशस्त्र प्रहरीको एपीएफसँग खेल्ने छ। एपीएफ पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग २६–२१ स्कोरले पराजित भएको थियो। तर, दोस्रो खेलमा आयोजक एनएससीआईएसएलाई २७–७ स्कोरले पराजित गरदै एपीएफले अन्तिम चारमा स्थान बनाउन सफल भयो।

यस्तै, एपीएफ रहेकै पोलबाट आर्मी विजेता बन्दै सेमिफाइनलमा पुग्यो। आर्मीले एनएससीआईएसए ३२–१५ को स्कोरमा पराजित गरेको थियो। आर्मीले फाइनल प्रवेशका लागि पुल ‘ए’ को उपविजेता बीआईएसँग खेल्ने छ।

बीआईएले डब्ल्यूएसएलाई १८–० स्कोरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

यस्तै, महिलातर्फ महिलातर्फ पुल ‘ए’ बाट विजेता बन्दै एससीआईएनएन सेमिफाइनलमा पुगेको छ। एससीआईएनएनले बीआईएलाई ८–६, डब्ल्यूएसएलाई २१–० र निडवानलाई १६–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। उसले फाइनल प्रवेशका लागि विइनसँग खेल्ने छ। पोल ‘बी’ को उपविजेता विइन पहिलो खेलमा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब ९जेडब्यूएससी०सँग २८–० स्कोरले पराजित बेहोरेको थियो। तर, दोस्रो खेलमा आयोजक एनएससीआईएसएलाई ८–० स्कोरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गर्‍यो।

यस्तै, पुल ‘बी’ को विजेता जेडब्यूएससीले पुल ‘ए’ को उव‍पविजेता बीआईएसँग फाइनल प्रवेशको लागि खेल्ने भएको छ। जेडब्यूएससीले विइनलाई २८–० र आयोजक एनएससीआईएसएलाई २९–० स्कोरले पराजित गर्दै बीआईएसँगको भेट पक्का गरेको हो। बीआईएले डब्ल्यूएसएलाई ८–९ स्कोरले पराजित गरेको थियो।

सेमिफाइनल र फाइनल खेल बुधबार हुनेछन्। पुरुषतर्फको सेमिफाइनल खेल बिहान साढे ७ बजेदेखि शुरू हुने छ। यस्तै, महिलातर्फको साढे ९ बजेदेखि शुरू हुने आयोजकले जनाएको छ।

सेमिफाइनलमा विजयी हुने पुरुष र महिलातर्फका दुईरदुई टोली फाइनल पुग्ने छन् भने पराजित हुने दुईरदुई टोलीले तेस्रो स्थानका लागि खेल्ने छन्। तेस्रो स्थानको खेल बिहान साढे ११ बजेदेखि शुरू हुने छ। पुरुषतर्फको फाइनल खेल दिउँसो साढे १ बजे र महिलातर्फको साढे २ बजेदेखि शुरू हुने छ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेता टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, तेस्रो हुने टोलीले ३० हजार र प्रतियोगिताभर दुवै टोलीको हाइ स्कोरले २५ सय रुपैयाँ प्राप्त गर्नेछन्। मोस्ट भ्यालुयबल प्लेअरलाई पनि २५ सय रुपैयाँ पाउने छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.