अन्तरप्रदेश राष्ट्रिय खेलकुद : बागमती र सुदूरपश्चिमको जित
काठमाडौंँ । बागमती प्रदेश खेलकुद प्रतियोगिताको पहिलो दिनको खेलमा पुरुषतर्फ सुदूरपच्छिम प्रदेश र महिलातर्फ बागमती प्रदेशले सहज जित निकालेका छन् ।
सोमबार भएको पहिलो खेलमा सुदूरपच्छिम प्रदेशले बागमती प्रदेशलाई सोग्झो सेटमा हराएको हो ।
पहिलो सेटमा २५–२१ को जित निकालेको सुदूरपच्छिमले दोस्रो सेटमा २५–१८ र अन्तिम सेटमा २५–२१ को जित निकालेको हो ।
पुरुषतर्फ सोमवार नै भएको दोस्रो खेलमा मधेस प्रदेशमाथि गण्डकी प्रदेशले ३–१ सेटको जित निकाल्यो ।
गण्डकी प्रदेशले २०–२५, २५–११, २५–२१ र २५–१८ को जित निकाल्यो ।
पुरुषतर्फको अन्तिम खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशमाथि ३–१ सेटको जित निकालेको छ ।
पहिलो सेटम १६–२६ ले पराजित भएको लुम्बिनी दोस्रो सेटमा २५–१८, तेस्रो सेटमा २५–१६ र चौथो सेटमा २५–२१ को जित निकाल्यो ।
महिलातर्फ पहिलो खेलमा मधेस प्रदेशमाथि लुम्बिनी प्रदेशले सोझो सेटको जित हात पार्यो । लुम्बिनीले २५–१८, २५–२१ र २५–७ को जित निकाल्यो ।
दोस्रो खेलमा कर्णाली प्रदेशले सुदूरपच्छिममाथि सोझो सेटमा जित निकाल्यो । कर्णालीले २५–१४, २५–२२ र २५–२२ को जित निकाल्यो ।
अन्तिम खेलमा बागमतीले कोशी प्रदेशमाथि सोझो सेटमा जित निकाल्यो । बागमतीले २५–७, २५–१३ र २५–१४ को जित निकाल्यो ।

टिप्पणी लेख्नुहोस्