अन्तरप्रदेश राष्ट्रिय खेलकुद : तेक्वान्दोको एकल पुम्सेमा निर्मल र सुशिलालाई स्वर्ण
चितवन । लुम्बिनी प्रदेशका निर्मल पुन मगर र कोशी प्रदेशकी सुशिला राईले प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोमा सोमबार स्वर्ण जितेका छन् । एकल पुम्सेको पुरुषमा निर्मल र महिलामा सुशिलाले स्वर्ण जितेका हुन् ।
पुरुषमा गण्डकी प्रदेशका आयुश गुरुङ दोश्रो तथा कोशीका विवेक राई र बागमती प्रदेशका यबन्दिन दाहालले कांस्य जिते । महिलामा बागमतीकी कविना राईले रजत तथा लुम्बिनीकी सन्जना मगर र गण्डकीकी रितु बुढाथोकीले कांस्य जिते । महिला टिम पुम्सेमा कोशी पहिलो, गण्डकी दोश्रो तथा लुम्बिनी र बागमती तेश्रो बने । पुरुष टिम पुम्सेमा कोशीले स्वर्ण, बागमतीले रजत तथा लुम्बिनी र गण्डकीले कांस्य हात पारे ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भइरहेको अन्तरप्रदेश खेलकुदको पेयर पुम्सेमा कोशीका विवेक राई र सुशिला राईले स्वर्ण जिते । गण्डकीका आयुश गुरुङ र रितु बुढाथोकीले रजत तथा लुम्बिनीका निर्मल पुन मगर र सन्जना मगर/बागमतीका अब्बास अन्सारी र सुनमैया खातुन तेश्रो भए ।
करातेको पुरुष एकल कातामा बागमतीका अमृत थोकरले स्वर्ण, कोशीका विवेक राईले रजत तथा सुदूरपश्चिम प्रदेशका धर्मेन्द्र रेग्मी र लुम्बिनीका आजाद सिंहले कांस्य जिते । सो स्पर्धाको महिलामा सुदूरपश्चिमकी वर्षा साउद प्रथम, बागमतीकी एलिना थिङ द्वितीय तथा मधेश प्रदेशकी सुजाता परियार र कोशीकी रोस्मा राई तृतीय भए ।
टिम काताको पुरुष/महिला दुवैमा बागमती पहिलो र लुम्बिनी दोश्रो स्थानमा रहे । पुरुषमा गण्डकी र कोशी तेश्रो बने । महिलामा गण्डकी र सुदूरपश्चिम तेश्रो भए ।

टिप्पणी लेख्नुहोस्