एसईई क्याम्पको ५औ संस्करण शुरू
काठमाडौं । नेक्सस क्रिकेट एकेडेमी पेप्सीकोला काठमाडौंमा बुधबार बाट २०८० मा एस ई ई दिने बिधार्थीहरूको २० दिने निशुल्क क्रिकेट क्याम्प शुरू भएको छ । नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहको प्रमुख आतिथ्यतामा कागेश्वरी मनोहरामा एसईई क्याम्पको उद्घाटन समारोह सम्पन्न भएको हो ।
एसईई क्याम्प ग्रास रूट क्रिकेट बिकासका लागि महत्त्वपूर्ण अभियान भएको बताउदै कार्यक्रमका प्रमुख अतिथि रोशन सिंहले नेक्ससले आगामी दिनमा पनि नेपाली क्रिकेट बिकासमा नेक्सस क्रिकेट एकेडेमीको महत्त्वपूर्ण भुमिका हुने समेत सिंहले बताए ।
उक्त क्याम्पको उद्घाटन समारोहमा नेपाली कांग्रेस का केन्द्रीय सदस्य गुरु बरालले नेपालको क्रिकेट लाई बलियो बनाउन स्कुल क्रिकेटलाई प्राथमिकता दिनु पर्ने कुरामा जोड दिए ।
क्याम्पमा पहाडी जिल्ला डोल्पा हुम्ला, अछाम देखि ईलाम सहितमा ७७ बटै जिल्लाका २०० जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रमका सभापति भरतकुमार शाहीले नेक्सस क्रिकेट एकेडेमी स्थापनाकाल देखि नै ग्रासरूट क्रिकेट बिकासका लागि अहोरात्र लागेको र निरन्तर नेपाली क्रिकेट बिकासमा समर्पण रहने बताउदै समारोहको समापन गरे ।

टिप्पणी लेख्नुहोस्