लेख विवरण

पिएसजीमाथि बार्सिलोनाको शानदार जित

पिएसजीमाथि बार्सिलोनाको शानदार जित

काठमाडौँ । बार्सिलोनाले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोनाले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने आन्द्रेज क्रिस्टियनसेनले एक गोल गरेका थिए । त्यसैगरी पिएसजीका लागि ओसुमान डेम्बेले र भिटिन्हाले एक एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाले पहिलो लिगमा ३-२ को अग्रता लिएको छ । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १७ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.