पुरुष क्रिकेटमा गण्डकी र कर्णालीको जित
चितवन । अन्तरप्रदेश खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी र कर्णाली प्रदेशले सहज जित हात पारेको छन् । बुधबार भएको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३२ रनले हराएको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकीले दिएको २३५ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमामा ७ विकेट गुमाउँदै मात्र २०२ रन बनायो ।
बागमतीका लागि रोबिन जोशीले सर्वाधिक ६८ रनको अर्धशतकिय पारी खेले । त्यस्तै शुभ कन्सकार र तिलक राज भण्डारीले ३७–३७ रन बनाउदा उत्तम थापामगरले २५ रन जोडे । गण्डकीका लागि विपिन खत्री र शुभास भण्डारीले दुई–दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २३४ रन बनाएको थियो । गण्डकीका लागि दीपक डुम्रे र अर्जुन कुमालले अर्धशतकिय पारी खेले ।
दीपकले ७५ रन बनाउदा अर्जुनले ५५ रन बनए । सन्दीप खत्रीले २७ रन बनाउदा करनले २४ रन बनाए । बागमतीका लागि रिजन ढकाल र कृजन गुरुङले एक–एक विकेट लिए ।
दोस्रो खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशमाथि १० रनको जित हात पारेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कर्णालीले दिएको २०९ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र १९८ रन बनायो।

टिप्पणी लेख्नुहोस्