लेख विवरण

महिला फुटबल : मधेस प्रदेशलाई हराउँदै कोशी फाइनलमा

महिला फुटबल : मधेस प्रदेशलाई हराउँदै कोशी फाइनलमा

चितवन । अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा कोशी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा मधेस प्रदेशलाई २–० गोल अन्तरले हराउँदै कोशी उपाधि नजिक पुगेको हो ।

भरतपुरको शारफानगर फुटबल मैदानमा भएको खेलमा कोशीलाई जित दिलाउन प्रतीक्षा राइले दुई गोल गरिन ।

खेलको १७ औं मिनेटमा प्रतीक्षाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको कोशीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।

प्रतीक्षाले खेलको ६२ औं मिनेटमा गोल गर्दै कोशीलाई २–० गोलको जितसँगै सेमिफाइनलमा पुगाउन सफल भइन ।

खेलको प्लेअर अफ दि म्याद दुई गोल गरेकी प्रतीक्षा चुनिन ।

अब कोशीले उपाधिका लागि सुदूरपश्चिम र कर्णालीबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल शुक्रबार दिउँसो ३ः३० बाट सुरु हुनेछ ।

ब्याडमिन्टनको सिंगल्सतर्फ पुरुषमा बागमतीका राजु थापा र महिलामा कोशीकी सिमा राजवंशी, डबल्सको पुरुषमा गण्डकीका विशाल खड्का र सुजन थापा तथा महिलामा गण्डकीकै दिलाशा राणा र तिलमाया राणाको जोडीले स्वर्ण जिते । मिक्स डबल्समा कोशीका विशाल तामाङ र सिमा राजवंशीको जोडी पहिलो भए । टिम इभेन्टको पुरुष÷महिला दुवैमा कोशी स्वर्ण जित्न सफल भयो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.