लेख विवरण

प्रथम अन्तरप्रदेश खेलकुद : बागमती ६१ स्वर्णसहित टिम च्याम्पियन

प्रथम अन्तरप्रदेश खेलकुद : बागमती ६१ स्वर्णसहित टिम च्याम्पियन

हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको प्रथम अन्तरप्रदेश खेलकुदमा ६१ स्वर्ण जितेर बागमती प्रदेश पहिलो भएको छ ।

स्वर्णका अलावा बागमतीले ४३ रजत र ३६ कांस्य गरी जम्मा १४० पदक जितेको छ । त्यस्तै २१ स्वर्ण जितेको सुदूरपश्चिम प्रदेश दोस्रो भएको छ । सुदूरपश्चिमले २१ रजत २९ कांस्य गरेर जम्मा ७१ पदक जितेको छ । तेस्रो भएको कोशीले १६ स्वर्ण जितेको छ ।

कोशीले २३ रजत र ३६ कांस्य गरेर ७५ पदक जितेको छ । त्यसपछि गण्डकी, लुम्बिनी र कर्णालीले समान ११ स्वर्ण पदक जितेका छन् । गण्डकीले १८ रजत र २० कांस्य गरी ४९ पदक जितेको छ ।

त्यस्तै १६ रजत र २८ कास्य जितेको लुम्बिनीको ५५ पदक छ । १० रजत र २४ कास्य जितेको कर्णालीको ४५ पदक छ । मधेश प्रदेशको ३ स्वर्ण, ३ रजत र १५ कांस्य गरेर २१ पदक रहेको छ ।

प्रतियोगितामा ९ खेलमा १३४ स्वर्ण, १३४ कास्य र १८८ कास्य पदक गरि कुल ४५५ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.