मलेसियामाथि हङकङको फराकिलो जित
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत हङकङले मलेसियालाई पराजित गरेको छ ।
समुह ए अन्तर्गत समुह चरणको अन्तिम खेलमा हङकङले मलेसियालाई ७ विकेटले पराजति गरेको हो । मलेसियाले दिएको १४१ रनको लक्ष्य पछाएको हङकङले १२.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि मलेसियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।
यो जितपछि हङकङ समुह ए मा ४ खेलमा ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ ।

टिप्पणी लेख्नुहोस्