लेख विवरण

राष्ट्रपति रनिङ शिल्डमा रौतहटका दुई कराते खेलाडीले जिते रजत र कास्य पदक

राष्ट्रपति रनिङ शिल्डमा रौतहटका दुई कराते खेलाडीले जिते रजत र कास्य पदक

रौतहट । काठमाडौंमा जारी राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा रौतहटका २ जना कराते खेलाडीले १ रजत र १ कास्य पदक हात पारेका छन ।

रौतहटको चन्द्रनिगाहपुरकि शोमिया तामाङले ४२ केजि तौल समुहमा रजत र ५५ केजि तौल समुहमा रचना पाण्डेले कास्य पदक हात पार्न सफल भएका छन । रौतहट जिल्लाबाट मधेश प्रदेशको प्रतिनिधित्व गर्दे तीन जना कराते खेलाडी र एक जना ज्यावलिगं थ्रोका खेलाडीले सहभागिता जनाएकोमा करातेका तामाङ र पाण्डेले रजत र कास्य हात पारेका हुन ।

यस्तै मधेश प्रदेशका लागि करातेमा आयसा मुर्वाछानेले कास्य पदक हात पार्न सफल भएको नेपाल कराते महासघ मधेश प्रदेशका सचिव कसम लामाले जानकारी दिएका छन । रौतहट जिल्लाबाट मधेश प्रदेशको प्रतिनिधित्व गरेकी कराते खेलाडी गरिमा राई भने पहिलो खेलमै हारेर पदक बिहिन भएको नेपाल कराते महासंघ रौतहटका सचिव अमित भोलनले काठमाडौंबाट जानकारी दिएकाछन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.