लेख विवरण

गणेशमान सिंह कप राष्ट्रिय टी-२० क्रिकेट : गण्डकीले मधेश प्रदेशलाई हरायो

गणेशमान सिंह कप राष्ट्रिय टी-२० क्रिकेट : गण्डकीले मधेश प्रदेशलाई हरायो

काठमाडौंँ । काठमाडौंँमा जारी वीर गणेशमान सिंह कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिनको दोस्रो खेलमा गण्डकी प्रदेशले जित दर्ता गरेको छ।

प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा गण्डकी प्रदेशले मधेश प्रदेश माथी ८ विकेटको जित हात पार्यो।

मुलपानी मैदानमा टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो। मधेशका विशाल सुश्लिंगले २४ तथा विशाल पटेलले २२ रन बनाए। यस्तै मयन यादवले १८ तथा प्रदिप पासवानले १४ रनको योगदान दिए।

गण्डकीको बलिङ्गमा कप्तान विपिन खत्रीले सर्वाधिक ४ तथा सुवाष भण्डारीले २ विकेट हात पारे।

जवाफमा गण्डकी प्रदेशले १०३ रनको सामान्य लक्ष्य १६.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। गण्डकीको चेजमा अर्जुन कुमालले अविजित ४९ रन बनाए। यस्तै इश्वर छेत्रीले ३२ रनको योगदान दिए।

खेलको प्लेयर अफ दि म्याच गण्डकी प्रदेशका कप्तान बिपिन खत्री चुनिए।

प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेश माथी ७ विकेटको जित दर्ता गरेको थियो।

शुक्रवारहुने दुई खेलमा बागमती प्रदेश र कोशी प्रदेश तथा सुदुरपस्चिम प्रदेश र कर्णाली प्रदेश भिड्दै छन्।

७ प्रदेश सहभागी रहेको प्रतियोगिता गणेशमान सिंह फाउन्डेसनको आयोजना तथा नागार्जुन नगरपालिकाको सहयोगमा संचालन भैरहेको छ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.