हङकङमा ७ औं एचकेएनबिए ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
हङकङ । हङकङ नेपलिज ब्याडमिन्टन एसोसियनको आयोजनामा ७ औ एचकेएनबिए ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चुनमुन बटरफल्याइ स्पोर्ट सेन्टरमा आयोजना भएको प्रतियोगिता पुरुष युगल (क) पुरुष युगल (ख) र महिला युगल गरी जम्मा ३ बिधामा सम्पन्न भएको थियो ।
गत अप्रिल १ का दिन आयोजना भएको प्रतियोगिताको उट्घाटन एसोसियनका अध्यक्ष शुभराज राई र सल्लाहकार इन्द्र बनेमले गरेका थिए । प्रतियोगितामा कुल ३० टोलीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा पुरुष युगल (क) को विजेता मिलन राई र नरेन गुरुङको जोडि भएका थिए । त्यस्तै उपविजेता किरन राई र संजिब राई भएका थिए । पुरुष युगल (ख) तर्फ सुरेन लिम्बु र इश्वर गुरुङ विजेता भए । त्यस्तै सन्तोष राई र कमानधोज लावति उपविजेता बन्न सफल भए । महिला युगल तर्फ प्रतिभा गुराङ र मन्जु राई विजेता तथा मनुसा राई र शुहाङमा राई उपविजेता बन्न सफल भएका थिए ।
प्रतियोगितामा पुरुष युगल (क) तर्फको विजेताले ५ हजार तथा उपविजेताले २५ सय हङकङ डलर प्राप्त गरे । त्यस्तै पुरुष युगल (ख) तर्फका विजेताले पनि ५ हजार तथा उपविजेताले २५ सय हङकङ डलर प्राप्त गरेको हेमराज राईले जानकारी दिए । महिला युगल विजेताले २ हजार तथा उपविजेताले १ हजार हङकङ डलर प्राप्त गरे

टिप्पणी लेख्नुहोस्