लेख विवरण

राष्ट्रपति रनिङ सिल्ड : करातेमा बागमती च्याम्पियन

राष्ट्रपति रनिङ सिल्ड : करातेमा बागमती च्याम्पियन

काठमाडौंँ । राष्ट्रपति रनिङ सिल्डको मार्सल आर्ट्समा वर्चश्व जमाएको बागमती करातेमा पनि टिम च्याम्पियन बन्ने क्रममा ४ स्वर्ण, २ रजत र २ कांस्य पदक हात पा¥यो ।

सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोयगितामा कोशी २ स्वर्ण, ५ रजत र १ कांस्यसाथ दोश्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसाथ लुम्बिनीले तेश्रो स्थानमा चित्त बुझायो । कर्णाली र सुदूरपश्चिम समान २–२ स्वर्ण प्राप्त गरे । करातेमा पनि १२ स्वर्णकै लागि भिडन्त भएकोमा पहिलो दिन ८ स्वर्णका प्रतिस्पर्धा भएको थियो ।

छात्रको ४२ केजीमुनि लुम्बिनीका शिखर नेपाली तथा ५२ केजीमुनि कर्णालीका लक्ष्मणकुमार शाही पहिलो भए । छात्राको ६० केजीमुनि सुदूरपश्चिमकी सोनिया तिरुवा तथा ४५ केजीमुनि कर्णालीकी प्रियंका शाहीले स्वर्ण चुमे ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.