राष्ट्रपति रनिङ सिल्ड : कबड्डीमा सुदूरपश्चिमलाई दोहोरो उपाधि
काठमाडौंँ । राष्ट्रपति रनिङ सिल्डको कबड्डीमा सुदूरपश्चिमले दोहोरो उपाधि जितेको छ ।
सुदूरपश्चिम छात्र/छात्रा दुवैमा पहिलो भयो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्रको फाइनलमा सुदूरपश्चिमले कोशीलाई ३२–२६ ले पराजित ग¥यो ।
लुम्बिनी र मधेश तेश्रो भए ।
छात्राको उपाधि भिडन्तमा सुदूरपश्चिमले लुम्बिनीलाई ४०–२७ ले हरायो ।
कर्णाली र बागमती तेश्रो भए ।

टिप्पणी लेख्नुहोस्