लेख विवरण

राष्ट्रपति रनिङ सिल्ड : तेक्वान्दोमा बागमती च्याम्पियन

राष्ट्रपति रनिङ सिल्ड : तेक्वान्दोमा बागमती च्याम्पियन

काठमाडौंँ । राष्ट्रपति रनिङ सिल्डअन्तर्गत सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको तेक्वान्दोमा ४ स्वर्णसाथ बागमती अगाडि रह्यो । स्वर्णका अलावा बागमतीले थप १ रजत र ५ कांस्य पनि जित्यो ।

कोशी ३ स्वर्ण, ३ रजत र ५ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको सुदूरपश्चिमले ३ स्वर्ण र उत्तीनै कांस्य पायो । मधेश र कर्णालीले १–१ स्वर्ण हात पारे ।

जम्मा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पहिलो दिन ७ स्पर्धाको फाइनल भएको थियो । बाँकी ५ स्पर्धाको छात्रा ४४ केजीमुनि झरना नाथ र ४६ केजीमुनि दीपा जैसी तथा छात्र ४८ केजीमुनि शिशीर ठगुन्ननले सुदूरपश्चिमलाई स्वर्ण दिलाए । छात्र ५५ केजीमुनि बागमतीका निश्चल धोली तथा छात्रा ४९ केजीमुनि कोशीकी रेस्मा भुजेलले पहिलो स्थान हात पारे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.