राष्ट्रपति रनिङ सिल्ड : भलिबलमा लुम्बिनी र बागमतीलाई उपाधि
काठमाडौंँ । राष्ट्रपति रनिङको भलिबलमा लुम्बिनी र बागमती च्याम्पियन बनेका छन् । लुम्बिनी छात्र तथा बागमती छात्रामा पहिलो भएका हुन् । विजेता दुवै टोलीले गण्डकीलाई पराजित गरे ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र फाइनलमा लुम्बिनीले गण्डकीलाई २५–१७, २५–१४, १९–२५ र २५–१९ ले पराजित ग¥यो । कर्णाली तेश्रो भयो ।
छात्राको उपाधि भिडन्तमा बागमतीले गण्डकीलाई २५–१३, २५–१४ र २५–१४ को सोझो सेटमा हरायो । लुम्बिनी तेश्रो स्थानमा रह्यो ।

टिप्पणी लेख्नुहोस्