सदस्य–सचिव घिसिङद्वारा स्वास्थ्य परिक्षणको अवलोकन
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न ५ खेलका खेलाडी र प्रशिक्षकको स्वास्थ्य परिक्षणको शुक्रबार अवलोकन गरेका छन् ।
खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको समन्वयमा भएको स्वास्थ्य परिक्षणअन्तर्गत खेलाडी तथा प्रशिक्षकको भिटामिन बी १२, भिटामिन डि, थाइराइड फङसन र इको जाँच गरिएको थियो ।
मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा तेक्वान्दो, कराते, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक गरी ६० जना छन् ।

टिप्पणी लेख्नुहोस्