ओपन हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु
काठमाडौंँ । नुवाकोट जिल्ला स्थित बेलकोटगढी नगरपालिकामा आजबाट नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु भएको छ ।
उक्त राष्ट्रिय प्रतियोगिताको उद्घाटन संघिय सांसद माननीय बिमल सुबेदीले गरेका छन । नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना र नेपाल हाप्किडो संघ तथा बागमती प्रदेश हाप्किडो संघको सहकार्यमा भएको कार्यक्रममा बागमती प्रदेश सभा सांसद माननीय राम प्रसाद ढुङ्गाना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको प्रमुख स्वकीय सचिव नवीन पुडासैनी र नेपाल हाप्किडो संघको केन्द्रीय अध्यक्ष काली बहादुर घर्ती मगर लगायतको उपस्थित रहेको थियो ।

टिप्पणी लेख्नुहोस्