लेख विवरण

मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख जरिवाना

मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख जरिवाना

काठमाडौंँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख भारतीय रुपैयाँ जरिवाना गरिएको छ । बिहीबार मोहालीमा पञ्जाब किंग्स इलेभेन विरुद्धको खेलमा स्लो ओभर रेटका कारण पाण्ड्यालाई जरिवाना गरिएको हो ।

आईपीएलको १७ औं सिजनमा बिहीबार मुम्बई इन्डियन्सले पञ्जाबलाई ९ रनले पराजित गरेको छ । मोहालीमा भएको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९२ रन बनाएको थियो । सूर्यकुमार यादवले ५३ बलमा ७८ रन बनाए । जवाफमा पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो ।

आईपीएल अधिकारीका अनुसार जारी सिजनमा मुम्बईको यो पहिलो गल्ती थियो, त्यसैले आईपीएल आचार संहिता अनुसार न्यूनतम सजाय दिइएको छ।

पञ्जाबलाई जितका लागि अन्तिम ओभरमा १२ रन आवश्यक थियो। तर मुम्बईको टोली निर्धारित समयमा ओभर पूरा गर्न असफल रह्यो । जसका कारण अन्तिम ओभरमा पाण्ड्याले ५ को सट्टा ४ खेलाडीलाई मात्रै बाउन्ड्रीमा राख्न पायो । तरपनि पञ्जाबको टोलीले २ रन मात्र बनाउन सक्यो र ९ रनले पराजित भयो ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.